सरकारी जग्गामा राजपा कार्यालय

admin

काठमाडौं, साउन २२ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय कार्यालय सरकारी भवनमा रहेको छ। मधेसी निजामती कर्मचारी मञ्चलाई सरकारले उपलब्ध गराएको बबरमहलस्थित करिब एक रोपनी जग्गा तथा भवन राजपाले अनधिकृत रूपमा प्रयोग गर्दै आएको हो।

त्यहाँको भवनलाई ‘मधेस भवन’ नामरकणसमेत गरिएको छ। सरकारबाट भोगाधिकार पाएको संरचना वा जग्गा अर्को पक्षलाई भाडाा वा अन्य कुनै प्रयोजनमा दिन नपाइने व्यवस्थाविपरीत कर्मचारी मञ्चले २०७४ साउन १८ देखि आफ्नो भवन राजापालाई कार्यालय सञ्चालनका लागि दिएको समाचार कान्तिपुर दैनिकमा छ। मञ्च मधेस केन्द्रित दल राजपा निकट संगठन हो।

प्रतिक्रिया