सरकारी जग्गा किन्ने व्यक्ति अपराधी हुन् : ज्ञानेन्द्र शाही (भिडियो)

मनिषा थापा

पिएनपिखबर : बालुवाटारको सरकारी जग्गा किन्ने नेकपा महासचिव विष्णु पौडेल एक अपराधी रहेको ज्ञानेन्द्र शाहीको आरोप छ।

सरकारी जग्गालाई पैसा तिरेरकुनै पनि हालतमा किन्न नपाइने उनले बताएका छन्। नेकपा महासचिव विष्णु पौडेल दोषी बताउँदै उनले भने, ‘नेकपा महासचिव विष्णु पौडेल ठगिएका हुन् भनेर ढाकछोप गर्ने सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा पनि दोषी छन्। अपराधीलाई जोगाउन ठुलो मच्चियो।’

ज्ञानेन्द्र शाहीले देशमा भ्रष्टचार एउटा रोग जसरी फैलिएको जनाएका छन्। सरकारमा भ्रष्टचार गर्ने ठुला पदकै व्यक्ति भएपछि भ्रष्टचारी निर्मुल नहुने टिप्पणी गरेका छन्। भ्रष्टचार विरुद्ध कारवाही हुन् थाल्यो भने ठुला देखि साना सरकारी कर्मचारी देखि नेताहरु लगायत सबैको नाम अगाडी आउने भएकोले सबै चुप बस्ने गरेको उनले बताए।

उनले देश बनाउनको लागि भोटहाल्ने प्रणाली नै परिवर्तन गर्नु पर्ने उनको भनाई छ। देशमा भइरहेको अनियमिता हटाउन जनता नै सचेत हुनुपर्ने उनले बताए । बाँकी हेर्नुहोस भिडियोमा……..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू