सरकार प्रमुख नै राष्ट्रिय हित विपरीतका काममा लागेको खबर आउनु दुखद कुरा हो : प्रचण्ड

admin

काठमाडौं, ३ बैशाख : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार प्रमुख नै राष्ट्रिय हित विपरीतका काममा लागेको खबर आउनु दुखद कुरा भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा बागमती प्रदेश स्तरीय कराते प्रतियोगिताको उद्घाटन गर्दै प्रचण्डले देशलाई बन्दकी राख्ने राष्ट्रिय हित विपरीतका काममा सरकारको नेतृत्व गर्ने प्रमुखनै लागेको खबरहरु सार्वजनिक भईरहेको भन्दै यसले नेपाल र नेपाली जनताको आत्मसम्माननमा प्रश्न खडा गर्ने दुस्साहस भएको बताउनुभयो । राष्ट्रिय हित विपरीतका काम नेपाली जनतालाई स्वीकार्य नहुने भन्दै उहाले जति सुकै गरेपनि जित सत्य र न्यायको जित हुने धारण राख्नुभयो ।

प्रचण्डले अहिले पनि केही मानिसहरुमा संघीयता खारेज गर्ने, स्थानीय तहको अधिकार केन्द्रमा सिमित गर्ने, समावेशी र समानुपातिकता उल्ट्याउन खोज्ने प्रबृती परेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले जित अन्ततः जनताकै हुने भन्दै देशलाई पछि फर्काउने सपना नदेख्न चुनौती दिनुभयो इतिहासको चक्कालाई पछाडी फर्काउन खोज्ने पश्चगामी र अग्रगमनकारी शक्तिका बीच संघर्ष भईरहेको बताउदै अध्यक्ष प्रचण्डले अग्रगमनका पक्षमा लागि खेलाडीलाई समेत आव्हान गगर्नुभयो ।

खेलकुदको विकासका लागि नेपाल उपयुक्त भुगोल र वातावरण भएको देश भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले खेल क्षेत्रको विकासका लागि नेपाल अनुकुल ठाउँ रहेको बताउनुभयो ।

प्रतिक्रिया