‘सरस्वती महर्जन पिजंडामा राखिएको सुगा जस्तै हुन् भने शिक्षामन्त्री श्रेष्ठ महाअपराधी हुन्’

admin
  • दल मर्दन कामी
    केन्द्रिय सदस्य जनता समाजवादी पार्टी नेपाल
    अध्यक्ष, शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति

काठमाडौं, १३ असार रुपा सुनार कामीलाई विभेद गर्ने सरस्वती महर्जन पिजंडाभित्र राखिएको सुगा जस्तै बिचरा हुन् भने, हिन्दुवर्णवादी शिक्षाबाट ग्रसित नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ महाअपराधी हुन् । रुपा सुनारको केसलाई जोडेर शिल्पी (कथित दलित) र नेवार समुदायबीचको जातीय द्वन्द बनाउन खोजिदैछ जबर्जस्त धकेलिदैछ किमार्थ कसैले यस्तो दुस्साहस नगरोस् । सबैले बुझ्न जरुरी छ सयौं बर्ष देखि हिन्दुवर्णश्रमवादी व्यवस्थामा आधारित जात व्यवस्थाको उपज हो रुपा सुनार र सरस्वती महर्जन केस ।

पटकपटक भन्दै आएको छु पटकपटक घटना घट्दै आएका छन् र आज सरस्वती महर्जन जो आफै उत्पीडित समुदायको हुँदाहुँदै अर्को उत्पीडित समुदाय एउटा चेली रुपा सुनार कामी विभेद गर्न बाध्य भइन् । यो नौलो कुरा होइन । नेपालको कानुनले जातीय छुवाछूत विभेद गर्नु मानवता विरोधी अपराधी कार्य हो जसलाई कार्वाही गर्नु पर्छ भनेको छ । यसअर्थमा उमेरको पनि हदबन्दी होला तर गल्ती गर्नेले सजाय पाउनुपर्छ सजाय जुनसुकै हुनसक्छ । अपराध पनि कुन किसिमको भन्ने होला यसको न्यायीक छानबिन न्यायलयले स्वतन्त्र रूपमा गर्न पाउनुपर्छ ।

विश्वव्यपी मानवीय चिन्तनका आधारमा गल्तीको सबैभन्दा ठुलो सजाय आत्माआलोचना आत्माआलोचित हुनु पनि एक हो । यदी ६० बर्ष वृद्धआमा आमा सरस्वती महर्जनले अनुसन्धानको क्रममा गल्तीको महशुस गरेको भए र सम्बन्धित निकाय र प्रहरी प्रशासन अधिकार कर्मी र शिक्षा मन्त्री भनिएका विभेदकारीको संरक्षक कृष्णगोपाल श्रेष्ठले सकारात्मक भुमिका खेलेको भए रुपा सुनार र अधिकारकर्मीले यसलाई सामान्य रूपमा लिएर मिलापत्रमा सहमति गर्ने वातावरण बन्न सक्थ्यो ।

सयौं बर्ष देखि हिन्दुवर्णा श्रम जातीय व्यवस्थामा आधारित रहि राज्यले सदिऔं देखि शिल्पी समुदायलाई धन, मान, शिक्षा, स्वास्थ्यको पहुँचबाट अलग्गै राख्यो यतिसम्मकी चाएको र आवश्यकता अनुसारको गास बास, कपास घरपरिवारमा समेत हस्तक्षेप गरी अत्यन्तै क्रुर अमानवीय रूपमा वञ्चित गराए समाजमा कंगाल बनायो र अहिलेसम्म यो समुदायको एकाध बाहेक अधिकांशको अवस्था कम्जोर र निरीह नै छ ।

कसैलाई भ्रम नपरोस् कि नेपालका शिल्पी समुदाय अराजक हुन् हत्याहिंसा लडाइँ झगडा वैमनस्यता चाहान्छन् । बरु उल्टो आफू जन्मसिद्ध शिप, कला, सृजना र आविष्कार गरि समग्र मानव समाजको विकास र समृद्धिमा अत्यन्तै महत्त्वपूर्ण र अग्रपंक्तिमा रहेर काम गर्दै आए यदि यो कसैले गलत हो भन्छभने त्यो अपराधी हो । हिन्दुवर्णाश्रममा आधारित जातीय व्यवस्थाले लादेको उग्रवादी नस्लिय चिन्तन बाट अभिप्रेरित मानव रुपि दानव हो ।

जातीय विभेद र छुवाछूत अन्याय अत्याचारकोको मुल जडा भनेको यथार्थ सत्य र तथ्य हिन्दुवर्णा श्रम व्यवस्थामा आधारित विभाज्य चार वर्ण ब्राह्मण, क्षत्री, वैश्य र शूद्रमा गरि वर्ण श्रम व्यवस्था लादियो र त्यसको भुत आज पनि जिवित रहनुको पराकाष्ठा जातीय विभेदको छुवाछूत अन्याय अत्याचारको प्रसय हो मूल जड हिन्दुधर्ममा ग्रसित एकाधिकारवादी नस्लिय राज्यसत्ता र तिनका पक्षपोषण कर्ता नै हुन् भने यसको प्रतिनिधित्वको प्रतीक घाम जस्तै छर्लङ्ग नेपाल सरकारका शिक्षामन्त्री श्रेष्ठले गरे ।

सत्ता र शक्तिमा रहेर कानुनको ध्वज्जी उडाएर न्यायलयलाई प्रभाव पारी अपराधीलाई संरक्षण गर्नु त्यो भन्दा ठूलो अपराधी अर्को कोहि हुनसक्दैन । किमार्थ नेपालका उत्पीडित नेवार समुदाय र शिल्पी (कथित दलित) बिच द्वन्दमा लगेर समुदायगत आन्दोलन विद्रोह गराएर संगठित हुन नदिने गिरोहले अरुलाई लडाएर आफू मोज गर्न खोजिदैछ । शान्ति र भाइचारा अवलम्बन गरेर सम्बन्धित सबैले एका अर्कालाई तत्काल आत्माआलोचित गराइ सहमति सद्भाव एकता र मेलमिलापको पहल गरौं ।

ख्याल गरौँ शिल्पी (कथित दलित) माथि भएको उत्पीडन अन्याय अत्याचारको विरुद्धमा विद्रोहको आगो दन्किने वाला छ अहिले हिन्दुधर्ममा भएको जात व्यवस्थामा आधारित जातीय विभेदको अन्याय अत्याचार विभेद दमन र जातीय छुवाछूत विरुद्धको विद्रोह भित्रभित्रै भुसको आगोको रूपमा अदेखा अत्यन्तै गुम्सिएर उकुस मुकुस अवस्थामा रहेको र क्रममा शिल्पी सचेत युवाहरुमा विद्रोह जाग्दैछ जुनबेला पतपत्ती धुँवा आउँदै जल्न थाल्छ सो बेला धेरै विभेदकारिहरु मसान घाटमा मुर्दा जले सरह जल्ने छन् र विभेदकारीहरुको जिउँदो लासको आगो ताप्ने छ्न चेतना भया ।

समाज राज्य र राज्यसत्ताबाट समुदाय रूपमा आफू अत्यन्तै अपहेलित अन्याय अत्याचार दमन शोषण विभेद र छुवाछूत जस्तो अत्यन्तै क्रुर पशुभन्दा निच अवस्थामा रहेर सेवा र सुविधा दिदै समाज र राज्यलाई आजको विकसित समयसम्म ल्याइ पुर्‍याउनु साथै नेपालको राजनीति परिवर्तन शासन प्रशासनको परिवर्तन सम्म ल्याउनु महत्त्वपूर्ण भुमिका खेलेर संघीय लोकतान्त्रिक गणतन्त्र सम्म स्थापना गर्न त्याग तपस्या र बलिदान गरिसकेका शिल्पी समुदाय सुद्र अछुत तल्लोजात दलित जस्तो अपमानित भएर कदापि अन्याय सहन सक्दैन ।

न्याय स्वतन्त्रता र अधिकारको आन्दोलन संसारमा कँही कतै हारेको छैन कहिलेकाही आन्दोलन वा विद्रोह एकछिन केही समय अलमलिएला रोकिएला तर उत्पीडितहरुको आन्दोलन कहिले पनि रोकिनेवाला छैन कुनै न कुनै दिन ज्वाला मुखिको रूपमा विस्फोट हुन्छ । आन्दोलनमा जतिसुकै ठेस पुगोस् एकदिन जित सुनिश्चित छ ।

यथास्थितिवादी पुरातनवादी हरुले यहाँ कथित दलितहरुले न्याय र अधिकारको कुरा गर्नेबित्तिकै थोरै आन्दोलनको रुप यसो देख्न साथ युरोपियन युनियन र डलरखेतीसँग जोड्ने र धर्मका नाममा जोडी इशाइ बुद्धिष्टहरुको चलखेल गरेर हिन्दुमाथी आक्रमण गर्न लागे धार्मिक आक्रमणको संज्ञा दिने र मानिसको मनलाई अन्तैतिर मोड्ने र आन्दोलनलाई निस्तेज पार्ने प्रवृत्ति छ । यस्तो खालको घिनलाग्दो खेल खेलेर आफ्नो सस्थागत अपराधलाई आम नागरिकको अगाडि थुन्सेले कहिले सम्म छोप्ने ?

खबरदार ! अपराधलाई ढाकछोप गरेर अपराधीलाई संरक्षण जति हुन्छ त्यो भन्दा बेसी विद्रोहका स्वरुप र रणनीति च्याउ झैँ उम्रने र भुस झै सल्कने हुन्छ याद राखौँ, सत्ता र शक्तिको दुरुपयोग गर्दै सदैव अपराधलाई ढकछोप गर्दै धर्म र जाति समुदाय विशेषलाई जोडी अमानविय क्रुर कार्य गरेर मानवरुपि दानवहरुले सदैव मोजमस्ती गर्ने दिनको एकदिन अन्त्य हुनेनै छ । शिल्पी (कथित दलित)ले आफ्नो आत्मसम्मान र अधिकार खोज्दा ‘सामाजिक सद्‌भाव’ भत्काउन लाले भनेर अतिरन्जी गर्दै आन्दोलनलाई जतिसुकै बङ्ग्याउन खोजे पनि अबका सचेत शिल्पी युवा र न्याय र समानताका पक्षधर न्याय मुक्ति स्वतन्त्रता र समानताको आन्दोलनमा आफ्नो शिर कहिले झुक्याउने छैनन् ।

देशमा शान्ति र समृद्धि कालागी तत्काल घटेको घटना काठमाडौं ११ बबहरमहलबाट विभेदकारिको अभियोगमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई प्रहरीले गर्दै गरेको अनुसन्धानलाई प्रभाव पारी सत्ता र शक्तिको दुरुपयोग गर्दै छुटाउन शिक्षामन्त्री श्रेष्ठ र त्यस्तै प्राकृतिका सयौं अनि हजारौं अपराधीलाई सत्ता, शक्ति अख्तियार-अधिकारबाट बर्खास्त गरी न्याय र कानुनको परिधिभित्र राखेर कार्वाही गरि कानुनी राज्यको प्रत्याभूति सम्पूर्ण उत्पीडित जनतालाई राहत दिऔं ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू