सरापे र मुईया को तिज गित ‘माइत जाम’

राष्ट्रिय समाचार समिति

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा डिएआर मुभिजको प्रस्तुतिमा कमल सरगमको ‘माइती घर भाग–२, ‘माइत जाम’ बजारमा आएको छ । लोकप्रिय गायक बद्री पंगेनी र गायिका सिता श्रेष्ठको आवाजमा संचारकर्मी कमल सरगमको उत्कृष्ट शब्द र शिब हमालको मन छुने लय रहेको छ ।

गीतमा अभिनय भने चर्चित हास्य पात्रा यादव देवकोटा (सरापे) र सुनिता गौतम (मैयाँ) को रहेको छ साथमा पूजा भट्ट संगै कमल सरगमको पनि अभिनय देख्न सकिन्छ।भिडियो निर्देशन भने प्रकाश भट्टले गरेका हुन् ।

भिडियो सम्पादन भने बिष्णु शर्माले गरेका हुन् । भिडियोको छायांकन राजेश घिमिरेको रहेको छ । डिएआर मुभिजको अफिसियल युटुव च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ । गितको भिडियो लिंक तल रहेको छ ।

प्रतिक्रिया