सरिताको हत्या प्रकरणमा गाउँले समक्ष बोले एसपी र मेयर [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल) आफ्नै कोठामा मृत फेला परेकी थिइन्। घटनाको विषयमा थाहा पाउनासाथ प्रहरी घटनास्थलमा पुगेको थियो।

एसपी रविराज खड्काको भनाई अनुसार घटनाको सम्पूर्ण अनुसन्धान गरेर आरोपितहरुलाई पनि हिरासतमा राखिएको छ। अनुसन्धानको लागि पोस्टमाटम गर्दा पनि टिम खटाएको उनले बताएका छन्।

उनले थपे ,’म प्रहरी कर्मचारी भएकोले मैले कसैको दवाब र प्रभावमा नपरी सक्दो अनुसन्धान गरेको छु। हिजो भर्खर पनि हामी घटनास्थलमा पुगेर सबै कुरा अझ विस्तृतमा बुझ्ने प्रयास गरेका थियौ। प्रहरी न कसैको दबाबमा न कसैको प्रभाबमा काम गर्छ। निस्पक्ष ढंगले छानबिन गरेर दोषीलाई सजाय दिन्छ। त्यसैले तपाईहरु ढुक्क हुनुहोस् हामी दोषीलाई सजाय दिन्छौ। ‘

आन्दोलित भीडबाट परिवारको बयानमा के भनियो भनेर प्रश्न उठ्दा अनुसन्धान गोप्य र निस्पक्ष हुनेभएकाले सबै कुरा भन्न नमिल्ने भन्दै एसपीले आन्दोलित भिडलाई शान्त पारेका थिए।

सरिताको मृत आत्मालाई शान्ति दिन भए पनि दोषीलाई छिटो भन्दा छिटो सजाय दिनु पर्ने गाउलेको भनाई रहेको छ। सरिता हत्या प्रकरणलाई धेरै नलम्बाइ परिवारको पाँच सदस्यलाई नै सजाए दिनुपर्ने सम्पूर्ण देउपुरेको माग छ।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू