सरिता गिरीलाई बर्खास्त गरेपछि नेता रिजालद्वारा समाजवादी पार्टीलाई धन्यवाद

अस्मिता बेल्बासे

काठमाडौं, २४ असार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता राम प्रसाद रिजालले सरिता गिरीलाई साधारण सदस्य नै नरहने गरी कारवाही गर्नु स्वागत योग्य भएको बताएका छन् ।

नेता रिजालले सम्बन्धित समाजवादी पार्टीले साधारण सदस्यबाटै हटाएपछि सांसद पद स्वत जाने कानुनी व्यवस्था भएको कारण गिरीलाई पार्टीले कारवाही गर्ने र अब गिरीको सांसद पद पनि नरहने पिएनपि खबरसँग बताएका हुन् ।

सरकारले कालापानी लिपुलेक लिम्पियाधुरा लगाएतलाई समेटेर बनाउन गइरहेको नक्सा भारतको सहमति विना नबनाउनु भन्दै गिरीले हिन्दी भाषामा संसदमा चेतावनी दिएकी थिइन् । उनले यो नक्सा जारी गर्नु विदेश नीति विपरीत भएको बताएकी थिइन् ।

जनता समाजवादी पार्टी कि सांसद सरिता गिरीले संसदमा दिएको अभिव्यक्ति आपत्तिजनक खेदजनक रहेको बताउदै नेता रिजालले यो अभिव्यक्तिले मुलुकको राष्ट्रीय एकता अखंडता तथा सार्वभौम सत्तालाई नै आघात पुगेको बताए ।

नेता रिजालले नँया नक्सा संसदबाट जारी भएको दिन पाकिस्तानबाट टुक्रिएर बंगलादेश बने जस्तै मधेसलाई पनि नेपालबाट टुक्रियाएर छुट्टै देश बनाउने चेतावनी दिएकोमा आपत्ति जनाएका थिए ।

सरिता गिरीको अभिव्यक्ति र गतिविधिको चौतर्फी विरोध र स्वयम समाजवादी पार्टीका नेता कार्यकर्ताबाट पनि विरोध भए पछि सरिता गिरीलाई कारवाई गर्ने पर्ने नैतिक संकट परेको उनको तर्क छ ।

नेता रिजालले यसअघि सांसद सरिता गिरीले देशको सार्वभौमिकता माथि सर्वोच्च निकाय संसदमै बोल्नु खेदजनक भएको, राष्ट्रवादी पार्टी भए तुरन्तै गिरीको अभिव्यक्ति पार्टी र गिरी स्वयमले आत्मआलोचना सहित फिर्ता लिनु पर्ने बताएका थिए ।

नेपालको सांसद भएर नेपालकै विरुद्ध नेपालकै मातृभूमि लाई भारतले अतिक्रमण गरेको विषयलाई अझ मलजल गर्दे अभिव्यक्ति दिनुले गिरीको र समाजवादी पार्टी को असली पहिचान छताछुल्ल भएको मुलुकको संविधान विधि र कानून लाई टेकेर सर्वोच्च संसदले अविलम्व सरिता गिरीलाई सांसद पदबाट बर्खास्त गरियोस भनि जोडदार माग पनि गरेका थिए ।

प्रतिक्रिया