सरिता दुलालको घर पुग्दा रुँदैरुँदै छिमेकीले खुलाए नयाँ रहस्य (भिडियो)

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल)को मृत्यु प्रकरण झनै रहस्यमय बन्दै गईरहेको छ। शव देख्ने छिमेकीहरुले  परिवार नै मिलेर उनको हत्या गरेको दाबी गरेका छन्।

उनको श्रीमान घटना पछि फरार भएता पनि प्रहरीले पछि उनलाई हिरासतमा लिएको थियो। मृतकका श्रीमानले आफुले मारेको स्वीकारेका छन्। एकतर्फ अभियुक्त मृतका श्रीमानले अरु कसैको संलग्नता नरहेको बयान दिएका छन् भने अर्कोतर्फ छिमेकीहरुले मनोरोगको औषधी खाने श्रीमानले हत्या गरेको हुन् नसक्ने बताएका छन्। श्रीमान-श्रीमतीको झगडा भएको आफुहरु कसैले नसुनेको स्थानीयहरुको भनाई छ।

गत शुक्रबार प्रहरीले उनकै कोठामा मृतअवस्थामा फेला पारेको हो । बेलुका सुतेकी सरिता बिहान हेर्दा मृत अबस्थामा भेटीएकी थिइन। मृतावस्थामा फेला पारेपछि घरपरिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । प्रहरीको अनुसार, मृतकको घाँटीमा सानो डोरीको डाम बसेको, उत्तानो अवस्थामा फेला परेकी हुन् ।

मृतकका श्रीमान् सन्दीप दुलालले गाँजा चुरोट सेवन गर्ने गरेका र छ महीनासम्म सुधार केन्द्रमा राखेर डेढ महीना अगाडि मात्रै घर ल्याइएको प्रहरीले जनाएता पनि छिमेकीले भने मृतकका श्रीमानले मारेको हुन् नसक्ने तर्क व्यक्त गरेका छन्। सासुसँग पहिले देखि नै खटपट भईरहने र छरछिमेकमा बोल्दा पनि सासुले अनेक गाली गर्ने एक स्थानीयले बताईन। जेठानी, जेठाजु र सासु मिलेर हत्या गरेको उनीहरुको आरोप छ।

रुँदै अर्का छिमेकीले भनिन्, ‘माथि बुहारीको लाश तल भात पकाएर खाए। एक्लै घर गरेर खाने खालकी थिइन उनी। त्यस्तो मानसिक रोगीलाई बिबाह गरेर घर सम्हालेर बसेकी थिइन सरिता। उनी हाम्री छोरी जस्तै थिइन।’

बहिनीको मृत्यु भईसक्दा पनि घरपरिवारले थाहाँ नदिए पछि गाउँका छरछिमेकी मार्फत माइती पक्षलाई खबर भएको माइती पक्षको गुनासो छ। मृतकलाई घटनास्थलमा नै गएर हेर्दा मृतक सिरक माथि सुताइएको हुनाले हत्या गरि सरक्क राखिएको हुनसक्ने प्रत्यक्षदर्शीहरुको आशंका छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू