सर्पले डस्दा एक जनाको मृत्यु

राष्ट्रिय समाचार समिति

गौशाला, ४ साउन : महोत्तरीको बर्दिवास नगरपालिका–२ मा सर्पले डस्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४५ वर्षीय शिवनाथ महतो रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

बर्दिवास–४ मा चिया पसल सञ्चालन गर्दै आएका महतोलाई पसलमै सर्पले डसेको हो । उनको उपचारका क्रममा बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा मृत्यु भएको थियो । रासस

प्रतिक्रिया