सर्वोच्चको निर्णय उल्टाउँदै महानगर

admin

काठमाडौं, साउन ९ : सर्वोच्च अदालतको फैसलाविपरीत गई ललितपुर महानगरपालिकाले पुल्चोकस्थित पले स्वाँ पुखू (कमल पोखरी) मा पार्किङ लागि ठेक्का दिएको छ । स्थानीयले उक्त ठाउँमा पोखरी कायम गर्नुपर्ने भन्दै खन्न क्षमापूजा गर्दा समेत महानगर आफ्नो पूर्ववत् अडानमा छ ।

साविक पोखरी रहेको उक्त क्षेत्र मिचिँदै गएपछि २०२६ सालमा तत्कालिन नगरपञ्चायतसभाले पोखरी नै कायम राख्नुपर्ने निर्णय गरेको थियो । त्यसबारे परेको विवादमा सर्वोच्चले २०२९ सालमै पोखरी नै कायम राख्नुपर्ने फैसला गरेको थियो ।

तर अहिले महानगरले साउन १ देखि लागु हुने गरी पोखरीमा ५ वर्षका लागि पार्किङ सञ्चालन गर्न ठेक्का लगाएको हो । यो समाचार कान्तिपुरमा प्रशान्त मालीले लेखेका छन् ।

प्रतिक्रिया