सर्वोच्चको फैसलापछि पहिलो पटक आज मन्त्रिपरिषद् बैठक बस्दै

admin

काठमाडौं, २५ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक दिउँसो ४ बजे बस्नेछ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेलगत्तै पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ताहरुले आ-आफ्नो पूर्व पार्टीमा क्रियाशील हुने निर्णय गरे पनि ओली पक्षमा रहेका माओवादी नेताहरुले औपचारिक निर्णय गरिसकेका छैनन । तर, केही मन्त्रीले भने आफूहरुले ओली पक्षलाई नछोड्ने बताउँदै आएका छन् ।

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामको विवादमा फैसला सुनाउँदै सो पार्टी ऋषि कट्टेलको नाममा रहने आदेश जारी गरेको थियो । त्यस्तै, नेकपा (एमाले) र माओवादी केन्द्र साबिककै अवस्थामा रहने पनि आदेश दिएको थियो ।

प्रतिक्रिया