सर्वोच्च अदालतमा किन पुगे दाहाल ?

admin

काठमाडौं, १६ फागुन : अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका छन् ।

अधिवक्ता समिर हायुले अदालतको अवहेलनामा कारबाहीको माग गर्दै दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले दाहाललाई लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश दिएको थियो ।

दाहालले लिखित जवाफ बुझाएर फर्किने उनको निजी सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र पाँच जना पूर्व प्रधानन्यायाधीशहरू विरुद्ध पनि अवहेलनाको मुद्दा लागेको थियो ।

उनीहरु सबैले आफैँ उपस्थित भएर अदालतमा जवाफ पेस गरिसकेका छन् । गएको माघ १६ विराटनगरमा भएको सभामा दाहालले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हायुले मुद्दा दर्ता गरेका हुन् ।

दाहालले सम्बोधनका क्रममा शान्ति र न्यायका लागि जसले त्याग र बलिदान गर्‍यो उसैलाई निमेट गर्ने र अपमान गर्ने काम भएको भन्दै अदालतले फैसला नगरे नागरिकको अदालतबाट भए पनि फैसला गर्ने बताएका थिए ।

प्रतिक्रिया