सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथाबाट पेसी तोकिने

admin

काठमाडौँ, मंसिर ९ : सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका न्यायाधीशहरूको फुलकोर्टको बिहीबार बसेको बैठकले १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो ।

गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएपछि बिहीबार फुलकोर्ट बैठक बसेर त्यसलाई कार्यान्वयन गर्ने गरी १५ मंसिरबाट लागु गर्ने निर्णय गरेको हो । गोलाप्रथाबाट पेसी तोक्न राणा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए ।

नेपाल बार एसोसीएसनको जबराको राजीनामा माग्दै भएको आन्दोलनमा ऐक्यबद्धता जनाएर न्यायाधीशहरूले इजलास बहिस्कार गरेका थिए ।

तर, गोलाप्रथा लागु गर्ने भएपछि न्यायाधीश इजलास फर्किए पनि बार भने आन्दोलनमै छ । यस्तै ‘हेर्दाहेर्दै’मा रहेका मुद्दालाई पनि सुनुवाइ गर्ने निर्णय भएको एक न्यायाधीशले जानकारी दिए ।

प्रतिक्रिया