सलमानलाई ‘कालो हरिण’ मुद्दाबाट लाग्यो ४४० भोल्टको झट्का

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  बलिउड नायक सलमान खानलाई कालो हरिण शिकारको मुद्दामा ५ वर्षको सजाय सुनाईएको थियो। तर सलमानलाई ३ दिनसम्म जेलमा बसेपछि  रिहा गरिएको थियो।

सलमानले जेलबाट मुक्त भएपछि यस मुद्दाको अपिल गरेका थिए। यस अपिलमा आज (शुक्रवार) जोधपुर सेशन कोर्टमा सुनावाई हुने वाला थियो तर हुन् पाएन। सूत्र अनुसार अब १८ डिसेम्बरमा मात्रै सुनुवाई हुनेछ।

सलमान खानको फिल्म ‘हम साथ-साथ है’ को शुटिंगको क्रममा तब्बू, नीलम, सेफ अलि खान, नीलम र सोनाली बेंद्रेको साथमा कालो हरिणको शिकार गरेका थिए। जसकारण विश्नोई समाजको स्थानीय बासिन्दाले यी कलाकार विरुद्ध शिकारको उजुरी दर्ता गराएका थिए।

तर यस मुद्दामा अदालतले तब्बू, नीलम, सेफ अलि खान, नीलम र सोनालीलाई केहि सजाय नदिए पनि सलमान विरुद्ध भने अझसम्म पनि मुद्दा चलिरहेको छ।

उनी हालै आगामी फिल्म ‘भारत’को शुटिंगमा व्यस्त रहनुको साथै बिगबोस १२को सिजन पनि होस्ट गरिरहेका छन्। फिल्म भारतमा सलमानको साथ क्याटरिना केफ, सुनील ग्रोवर र दिशा पटानी पनि देखिने छन।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू