सलमान खानले ‘दबंग ३’ को आइटम गीतमा मौनी रोय

मनिषा थापा

एजेन्सी : बलिउड अभिनेता सलमान खान यतिबेला उनको फिल्म ‘दबंग ३’ को छायांकनमा व्यस्त छन् । फिल्म ‘दबंग ३’ को आइटम गीतमा यसअघि अभिनेत्री सनी लियोनलाई लिइने बताइएको थियो । तर अहिले आएर भने सनी लियोन नभएर अभिनेत्री मौनी रोयलाई लिइएको खबर सार्वजनिक भएको छ ।

यसअघिका खबर अनुसार फिल्मका निर्देशक प्रभु देवा र अरबाज खानले याे गीतमा सनी लियोनलाई नै राख्न चाहिरहेका थिए । उनीहरुले सनी नै त्यस गीतका लागि ठिक रहेको बताइरहेका थिए । तर सलमानलाई भने सो आइटम गीतका लागि मौनी रोय नै ठिक रहेको लागेपछि उनले यस गीतमा सनी लियोन नभई मौनी रोयलाई चुनेका हुन । मौनीसँगै यस गितमा सलमान खानको पनि डान्स हुनेछ ।

पहिले फिल्म ‘दबंग’ मा अभिनेत्री मलाइका अरोडाको आइटम डान्स रहेको थियो भने ‘दबंग २’ मा करीना कपूर खानले आइटम डान्स गरेकी थिइन् । अब यस फिल्मको तेस्रो भाग ‘दबंग ३’ मा मौनी रोयको डान्स रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू