सशस्त्र प्रहरी बलद्वारा विशिष्ट योगदानको उच्च कदर गर्दै, सलामीलाई वर्ष जवान छनोट

admin

काठमाडौं, ९ माघ : सशस्त्र प्रहरी बलले साहसिक उद्धारक सशस्त्र प्रहरी सहायक हबलदार ओमबहादुर सलामीलाई वर्ष जवान छनोट गरेको छ । सशस्त्र प्रहरी बलले संगठनमा पुर्‍याएको विशिष्ट योगदानको उच्च कदर गर्दै सलामीलाई वर्ष जवान (२०७७) छनोट गरेको हो ।

शुक्रबार मनाइने २०औं वार्षिकोत्सवमा सलामीलाई वर्ष जवान घोषणा गरिने भएको छ । सशस्त्र प्रहरी बलले वर्षभरि उत्कृष्ट काम गर्ने तल्लो तहका कर्मचारीहरू जवानदेखि वरिष्ठ हबलदारसम्मको कामको उच्च मूल्यांकन गर्दै उनीहरूबाटै वर्ष जवान छनोट गर्दै आएको छ ।

तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले बिल्लादार जवानमा ऊर्जा प्रदान गर्न २०६९ सालदेखि वर्ष जवान घोषणा गर्न थालेकामा सशस्त्रले यसलाई निरन्तरता दिँदै आएको छ । वर्ष जवान घोषणा भएकालाई सशस्त्र प्रहरी बलले एफपीयू मिसनमा उच्च प्राथमिकता दिँदै आएको छ ।

वर्ष जवान घोषित व्यक्तिलाई एफपीयू मिसनमा स्वतः छनोट गर्ने गरिएको छ । यसैगरी, वर्ष जवान घोषणा भएका कर्मचारीका एक सन्तानलाई कल्याणकारी कोषमार्फत १२ कक्षासम्म अध्ययन गर्न वार्षिक २४ हजार रुपैयाँका दरले छात्रवृत्ति दिने गरिएको छ ।

यस्तै सशस्त्र प्रहरी महानिरीक्षकबाट छातीमा लगाउन वर्ष जवानको ट्यागसमेत प्रदान गर्ने गरिन्छ । वर्ष जवान घोषणा गरिँदा १० हजार रुपैयाँ नगद र प्रशंसापत्र पनि प्रदान गर्ने गरिन्छ । वर्ष जवान घोषणा भएकालाई संगठनभित्रै पनि उच्च मूल्यांकनका साथ हेर्ने गरिन्छ ।

प्रतिक्रिया