सस्तियो प्याज

admin

काठमाडौं, २८ मंसिर : उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो ।


गएको असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरूले गैरकानुनी बाटोबाट भित्र्याउँदै आएका थिए ।


गैरकानुनी रूपमा नेपाल प्याज निर्यात गरेको भन्दै भारतीय सरकारले व्यापारीलाई नै कारबाही गरेपछि भारतबाट प्याज आउन छाडेको छ । यो सातादेखि उपत्यकावासीको प्याजको माग चीनले धानेको छ ।

प्रतिक्रिया