सहकार्य र एकताले नै विकास सम्भव छ : मुख्यमन्त्री राउत

राष्ट्रिय समाचार समिति

पर्सा, २ कात्तिक : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सहकार्य र एकताले नै राष्ट्र विकास सम्भव हुने बताउनुभएको छ । उहाँले एक अर्काको खुट्टा तान्ने प्रवृत्ति भएको समाजमा उन्नति गर्न नसकिने भएकाले एकता र भाइचाराले नै समाज र राष्ट्र सुखी तथा विकसित हुने बताउनुभयो । 

समाजवादी पार्टीले आज वीरगञ्जमा आयोजना गरेको दिपावली तथा छठ पर्वको शुभकामना अदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकमा अहिले तीन तहको सरकार रहेको र तीनवटै तहमा हाल समन्वय नभएकै कारण जनताले अपेक्षा गरेअनुसार सरकारले काम गर्न नसकेको बताउनुभयो । उहाँले सङ्घको प्रदेशसँग र प्रदेशको स्थानीय तहसँग समन्वय भए समृद्धिको जनअपेक्षालाई पूरा गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया