साँढे ४ घण्टा अन्त्य भयो ४ जनाको जीवन

रिता घिसिंग

पिएनपिखबर : हस्पिटलमा पतिको हालत बिग्रिदै गएको थाहा पाएपछि सोमबार ७ महिने गर्भवती महिलाले निर्माणधिन चौथो तल्लाबाट हाम फालेका छन्। रगतले लत्पतिएको हालतमा जुम्ल्याह बच्चालाई जन्म दिएर उनि यो संसारबाट बिदा भईन। जन्मिएको ३ घण्टापछि शिशुले संसार छोडे । वेंटिलेटरमा रहेको पतिको पनि मृत्यु भयो। यो घटना भारतको भोपाल भन्ने ठाउँको हो।

जब गायत्री पहिलो पटक गर्भवती भएकी थिइन्। यो खबर सुनेर खुसिले महिलाको ठुलो दाइ नरेशले आफ्ना नातेदारलाई बताएका थिए। त्यति बेला गर्भवती भएको केहि महिनापछि गायत्रीको मिसकैरेज भयो। केहि सालपछि उनि फेरी गर्भवती भईन। यसपटक उनीहरुले कसैलाई नभन्ने निर्णय गरेका थिए। जब बच्चाको जन्म हुन्छ तब सबैलाई बोलाएर ठुलो पार्टी दिने सोच बनाएका थिए। तर निमोनिया पिडित पतिको हालत बिग्रेको थाहा पाएपछि ७ महिने गर्भवती महिलाले निर्माणधिन भवनको चौथो तल्लाबाट हाम्फालेर आत्माहत्या गरे।

उनको दाइ नरेश भन्छन ‘गर्भवती भएको खबर गायत्री र उनको पतिको परिवारलाई मात्र थाहा थियो। सन् १९९६ मा आमाको मृत्यु भएको थियो। त्यतिखेर उनि १७ सालकी थिइन्। २००२ मा बुबाको पनि मृत्यु भयो। हाम्रो गायत्री एक्ली बहिनि थिए । गायत्रीको जीवनमा केहि कमि नहोस भनि हामीले बहिनिले नै मन पराएको केटासंग बिबाह गरि दिएका थिए। घरमा खुसियाली आउन लागेको थियो। तर भगवानले के गरिदियो।’

बिबाह भएको १० बर्षसम्म पनि गायत्री गर्भवती हुन् सकेका थिएनन्। उनीहरु अस्पताल जानुको सट्टा कुनै बाबा कहा गएका थिए सोहि अनुरुप उनि गर्भवती पनि भईन। परिवारका सदस्य र आफन्तहरु सबै खुसि थिए। १० बर्षपछि बच्चाको जन्म हुने भयो त्यो पनि जुम्ल्याह सबै खुसि थिए।

प्राय गर्भवती महिलाहरु बच्चाको बिषयमा डर लिएर बसिरहेको हुन्छ। यति बेला झन् पति अस्पताल भर्ना भएको र आफ्नो ख्याल राख्न पनि नसक्ने हालतमा उनि झन् डिप्रेशनमा गएका कारण यस्तो घटना घट्न पुगेको हुन् सक्ने डाक्टरहरुले अनुमान लागएका छन्।

प्रतिक्रिया