सांसद प्रमोद शाहलाई अदालतले दियो ४ दिनको म्याद !

मनिषा थापा

काठमाडौं : काठमाडौं विमानस्थलबाट पक्राउ परेका प्रतिनिधिसभा सदस्य प्रमोद शाहलाई चार दिन म्याद थपेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमति दिएको छ ।

प्रहरीले १० दिन माग गरे पनि चार दिनको म्याद दिइएको जानकारी छ। शाहलाई पक्राउ गरेको विरोधमा जनकपुर र वीरगञ्जमा राजपा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

जनकपुरबाट काठमाडौं जहाज उडान ढिला गरेको भन्दै जनकपुर विमानस्थलमा अवस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको उनीमाथि आरोप छ । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।

प्रतिक्रिया