सांसद बस्नेत आफैँ टोलटोलमा औषधि छर्कदै

राष्ट्रिय समाचार समिति

मध्यपुरथिमि, ३० भदौ: मध्यपुरथिमि नगरपालिका–६ स्थित कमेरोटारका छ सामुदायिक संस्थालाई आज डेङ्गु नियन्त्रणसम्बन्धी औषधिसहित उपकरण हस्तान्तरण गरिएको छ ।

‘हाम्रो प्रतिबद्धता नगर विकासमा सामूहिक सहभागिता’ भन्ने मूल नाराका साथ कमेरोटार नगर विकास संयोजन समाज, मध्यपुरथिमि नं ५ वडा कार्यालयले सञ्चालनमा ल्याएको सो कार्यक्रममा पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले ती औषधि र उपकरण हस्तान्तरण गर्दै डेङ्गु नियन्त्रणमा सरकारको मात्रै मुख ताक्न नहुने बताउनुभयो ।

कार्यक्रम संयोजक तथा नेपाली चलिचित्रका निर्देशक मदन घिमिरेले कमेरोटार क्षेत्रका छ टोल सुधार समितिलाई डेङ्गु नियन्त्रणका लागि मट्टीतेल, फिनेल र उपकरण वितरण गरिएको र सांसद बस्नेत आफैँ पनि टोल टोलमा औषधि छर्कनाका साथै जनचेतना फैलाउने कामसमेत गर्नुभएको बताउनुभयो ।

प्रतिक्रिया