साइबर सेना र यसको भूमिका

admin
  • पुष्पराज बस्नेत

भक्तपुर : अहिलेको युग सुचना र प्रबिधिको युग हो । यसको बढदो प्रयोग संगै सामाजिक मिडियाको पनि ब्यापक प्रयोग हुन थालेको । फेसबुक, टूइटर, इन्स्ताग्राम आदि नेपालीहरुमाझ लोकप्रिय मिडियाहरु हुन् । सामाजिक मिडिया बढदो प्रयोगसँगै यो सामाजिक नियन्त्रणको एक उपकरण बन्न पुगेको छ ।

सामाजिक मिडिया प्राय सबैले चलाएका छन् र विभिन्न हिसाबले आफ्नो र आफ्नो विचार अनुकुल हुने गरि पोस्ट अथवा शेर गरेका नै छन् । यसैबीच अहिले सामाजिक सञ्जाल प्रयोगकर्ता र नेपाली राजनीतिवृतमा साइबर सेना चर्चाको विषय बन्न पुगेको ।

सत्तारुढ दल नेपाल कमुनिस्ट पार्टी (नेकपा) ओली पक्षका केन्द्रिय सदस्य तथा राष्ट्रिय युवासंघ नेपालका इन्चार्ज महेश बस्नेतले विभिन्न सभा भेलामा साइबर सेनाको अधिकारिक गठन र परिचालनको कुरा उठाएपछि यसको चर्चा झनै चुलिएको छ । सेना भन्ने शब्द जोडिएर आएको हुदा आम नागरिकहरु भाम्रित रहेको पाइएता पनि विश्वमा”Cyber Troops” को नाममा विभिन्न राजनीतिक दल, प्रशाशन तथा राज्य सोयमले साइबर सेना चलाउदै आईराखेका छन् ।

साइबर सेना त्यसता टोलीहरू हुन् जसले सामाजिक मिडियामा मार्फत आएका सरकार र पार्टी बिरोधि सार्वजनिक धारणाहरुको भ्रम चिर्दै तेस्लाई निस्तेज गरिरहेका छन् । साथै सरकार र पार्टीले गरेका सकारात्मक गतिबिधिहरुलाई प्रचार गरिरहेका छन् । यसले सकारात्मक सन्देशहरू समावेश गर्दै सरकार र पार्टीको स्थिति वा राजनीतिक विचारधारालाई सुदृढ बनाउँदै व्यापक समर्थन तयार गर्दैछ ।

हाल राजनीतिक दल तथा भात्रीसंगठनहरू र थुप्रै अभियानका नाममा सोशल मीडियाको प्रयोग गर्दै, जानाजानी नक्कली समाचार, ट्रोलिंग वा नक्कली खाताहरूको प्रयोग गरेर कृत्रिम रूपमा सरकारबिरोधि अभियान नै चलाईरहेको सन्दर्भमा साइबर सेना तेस्ता क्रियाकलापहरुको विरुद्ध लागिपरेको छ ।

राजनीतिक अनेकौ कालखण्डहरुमा थुप्रै अभियान र समूहहरु गठन भएका थिए र अहिले पनि छन् । नेपालमा पनि घोषित र अघोषित रूपमा, विभिन्न राजनीतिक, गैरराजनैतिक आबहरणमा थुप्रै अभियानहरु चल्दै आयीरहेका छन् । साइबर सेना साइबर आकाशमा अनुशासित, मर्यादित र निडर रुपमा अघि बढ्दै जाने छ र यो नै समयको माग पनि हो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू