साउदीमा अलपत्र नेपाली युवाहरु दुईटा रोटीको भरमा ड्युटी गर्दै, न त पारिश्रमिक पाए न त घर फर्कन (भिडियो)

मनिषा थापा

पिएनपिखबर : काठमाडौँको गौशालास्थित अल सोफी नामक मेनपावर कम्पनीले ९ जना युवाहरुलाई रोजगारीको सिलसिलामा साउदी पठाएको थियो। गएको ३ महिना वितिसक्दा पनि उनीहरुले पारिश्रमिक पाएका छैनन्। उनीहरु त्यहाँ अलपत्र परेकाको भन्दै ती युवाका परिवार यति खेर आक्रोशित भएका छन्। उनीहरु एउटा रोटी खाएर बस्न बाध्य रहेको पिडितका परिवारले जनाए।

मेनपावरले राम्रो काम लगाईदिन्छु भनेर कसैको डेढ लाख कसैसँग ७० /८० हजार गरी मनलाग्दी पैसा लिएको पिडित पक्षले जानकारी दिएका छन्। मेनपावरका मालिक सरोज यादवले समस्या सुल्झाउछु भन्दै झुठो आश्वाशन दिलाईरहेको उनीहरुको गुनासो छ। काम गर्ने ठाउँमा साउले रोडमा गएर बस भनेर पटक-पटक धम्की आइरहेको छ।

उनीहरुले भने आफ्नो मान्छे जसरी पनि फर्काउन मेनपावरमा माग गरेका छन्। यता भने मेनपावरका संचालक सरोज यादवले गएका ९ युवालाई कामको साथ-साथै खाना पनि दिईरहेको छ तर ती युवाहरुले नै काम नगरेको जनाएका छन्। अब छिट्टै उनीहरुलाई नपाएको पारिश्रमिक दिने उनले दावी गरेका छन्।

साउदीमा रहेको ती युवाहरुले आफुले उचित रोजगार नपाएको र अलपत्र परेको भन्दै रुदै भिडियो कल मार्फत जनाएका छन्। भिडियो लाइभमा खान समेत् नपाएको जीकर गरेका छन्। युवाहरु नेपाल आउँन चाहेको तर मेनपावरले भने कुनै वास्ता नगरेको र प्रक्रिया हुदैछ भनेर झुलाई रहेको पिडित पक्षले जानाएका छन्। उद्धार हुन नसक्दा साउदी अरबमा अलपत्र नेपालीको अवस्था थप नाजुक बन्दै गएको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू