साउदीमा कोरोनाका कारण थप १२ जना नेपालीको ज्यान गयो

admin

काठमाडौं, ३० असार : साउदीमा गएको चार हप्तामा कोरोना भाइरसबाट थप १२ नेपालीको ज्यान गएको छ । गैर आवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार गएको चार हप्तामा थप १२ नेपालीले साउदीमा कोरोनाबाट ज्यान गुमाएका हुन् । सङ्घले सङ्कलन गरेको तथ्याङ्क अनुसार भारतसहित विश्वभरका २८ देशमा रहेका ४ सय ४७ जना नेपालीले अहिलेसम्म कोरोनाबाट ज्यान गुमाएका छन् ।

गैर आवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशका ५४ देशमा १ लाख १६ हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १ लाख ११ हजार ४७ जना कोरोना मुक्त भएका छन् । सङ्घका अनुसार गएका चार सातामा अस्ट्रेलिया, साउदी अरब, भारत लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

गैर आवासीय नेपाली सङ्घले कोरोना महामारी सुरु भए देखि नै विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, सङ्घसंस्था र सङ्घका शाखाद्वारा प्राप्त सूचनाका आधारमा कोरोना संक्रमित नेपालीको तथ्याङ्क सङ्कलन गर्दै आएको छ ।

प्रतिक्रिया