साउदीमा कोरोनाको कारण स्याङ्जाका श्रेष्ठको ज्यान गयो

अस्मिता बेल्बासे

स्याङ्जा, १२ साउन : साउदी अरबमा कोरोना भाइरसको कारण स्याङ्जाका एक युवकको ज्यान गएको छ ।

साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेका गल्याङ नगरपालिका-८ का रोशन श्रेष्ठको ज्यान गएको हो ।

श्रेष्ठ नेपालमा लकडाउन हुनुभन्दा एक दिनअघि साउदी पुगेका थिए । एनए मिडियाका म्यानेजिङ डाइरेक्टरसमेत रहेका श्रेष्ठ स्याङ्जा सहयोग समाजलगायतका सङ्घसंस्थामा सक्रिय थिए ।

श्रीमतीसहित साउदीमा बस्दै आएका श्रेष्ठ बिदामा घर आएपछि श्रीमतीलाई काठमाडौं मै छोडेर साउदी गएका थिए ।

प्रतिक्रिया