साउदी जानुअघि कोरोनाको खोप लगाए-नलगाए बारे अनलाइन दर्ता अनिवार्य

admin

काठमाडौं, ४ असार : साउदी जानुअघि कोरोना विरुद्धको खोप लगाए नलगाएको बारे अनिवार्य अनलाइन दर्ता गर्नुपर्ने भएको छ । साउदीको सरकारी निकायले विदेशी नागरिक सबैले खोप लगाए नलगाएको बारे प्रस्थान पूर्व नै अनलाइनमार्फत दर्ता गर्नुपर्ने जनाएको छ ।

साउदीले कोरोना संक्रमण रोकथाम र साउदीमा बसोबास गरिरहेका नागरिकको सुरक्षाका लागि यस्तो नियम ल्याएको जनाएको छ । प्रस्थान पूर्व नै अनलाइनमार्फत दर्ता गर्दा अध्यागमन प्रक्रिया पनि सहज हुने र साउदी प्रवेश गर्दा यात्रुले गर्नु पर्ने प्रक्रियाका लागि पनि धेरै समय कुर्न पर्ने छैन ।

अनलाइनमार्फत खोपको अवस्थाबारे खाडी राष्ट्रका नागरिकहरू, नयाँ भिसा लिएर जाने विदेशी नागरिक, बसोबासको भिसा भएकाहरू र उनीहरूसँग जाने सहयात्रीले पनि दर्ता गर्न पर्नेछ । यसले थप कोरोना फैलनबाट रोकिने साउदी सरकारले विश्वास लिएको छ ।

प्रतिक्रिया