साउदी राजकुमारले किम कार्दशियनलाई दिएका थिए एक रातका लागि ७ करोड अफर

रिता घिसिंग

एजेन्सी : पाकिस्तानको एक दिवशीय भ्रमणपछि साउदी राजकुमार मोहम्मद बिन सलमान बिन सउद मंगलबार भारत पुगेका छन्।  यो भ्रमणका क्रममा राजकुमार मोहम्मल बिन सलमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग  दुवै देशको सुरक्षा, आर्थिक सहयोगका विषयमा छलफल गर्ने बताइएको छ। राजकुमारको यो भ्रणम पुलवामा आक्रमणपछि भएका कारण भारतीय प्रधानमन्त्री मोदीले साउदीको समर्थक पाकिस्तान समर्थित आतंकवादका विषयमा कुरा उठाउने भारतीय संचारमाध्यमले जनाएका छन्।

२०१५ मा साउदी शाह अब्दुल्लाहको ९० वर्षको उमेरमा निधनपछि शाह सलमानले राजगद्दी सम्हालेका थिए।  सलमानले योसँगै आफ्ना ५७ वर्षीय भतिजा मोहम्मद बिन नायेफलाई हटाएर आफ्नो छोरा बिल सलमानलाई राजकुमार घोषित गरेका थिए। राजकुमार मोहम्मद साउदी शाही परिवारका टप टेन धनी मध्यमा पर्छन्। उनी बेला बेलामा चर्चामा आइरहन्छन्।

 

उनले एक रातमा ५६ करोड खर्च गर्ने र अमेरिकन रियालिटी स्टार किम कार्दर्शियनसँग एक रात बिताउन दश मिलियन डलर अफर गरेको चर्चा अहिले पनि हुने गर्छ। कुरा २०१६ को हो, जब किम कार्दर्शियनका श्रीमान चर्चित अमेरिकी र्यापर केन वेस्टले ट्विट गर्दै आफूमाथि ५३ बिलियन डलर ऋण रहेकोे बताएका थिए। उनले विश्वका धनी व्यक्तिसँग आफ्नो ऋण तिर्न प्रस्ताव गरेका थिए। तर कतैबाट पनि जवाफ आएन।

 

त्यतिबेला साउदीका रक्षामन्त्री रहेका राजकुमार मोहम्मद बिल सलमानले एक पत्रकार सम्मेलनमा केन वेस्टको समस्या आफूले समाधान गर्न सक्ने बताएका थिए। त्यसकालागि राजकुमारले केन वेस्टकी श्रीमती किम कार्दर्शियनलाई एक रातकालागि दश मिलियन डरल दिने प्रस्ताव गरेका थिए। यद्यपी कार्दर्शियन र र्यापरकातर्फबाट यो विषयमा कुनै प्रतिक्रिया आएन। तर धेरै संगठनले बिन सलमानको यो प्रस्तावको विरोध गरेका थिए।

 

 

 

 

प्रतिक्रिया