साउन २५ गतेदेखि काठमाडौंमा अत्यावश्यक बाहेकका सेवा बन्द

admin

काठमाडौं, २३ साउन : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार विज्ञप्तिमार्फत साउन २५ गतेदेखि भदौको ८ गतेसम्म अत्यावश्यक बाहेकका अरु सबै सेवा बन्द गर्ने निर्णय भएको जनाएको छ ।

नागरिकलाई सामाजिक दुरी कायम राख्न, स्यानिटाइजर प्रयोग गर्न, भिडभाड नगर्न अनुरोध गर्दा पनि अटेर गरेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अब नयाँ नागरिकता र प्रतिलिपि वितरण, संस्था दर्ता र नवीकरण, हातहतियार दर्ता र नवीकरण, राहदानी वितरणलगायतका सेवा बन्द भएका छन् ।

प्रतिक्रिया