सरकारी गाडीमा सुन तस्करी, साढे दुई किलो सुनसहित ६ पक्राउ

admin

काठमाडौं :  रसुवा जिल्लाको टिमुरेबाट सरकारी गाडीबाट साढे दुई किलो सुनसहित ६ जना पक्राउ परेका छन्। ना१झ३५४२ नम्बरको सरकारी गाडीबाट साढे दुई किलो सुन बरामद भएको हो। उक्त गाडी रसुवागढी नाकाबाट काठमाडौं आउँदै गरेको बताइएको छ। बरामद भएको सुनको बजारमूल्‍य हालको बजारमूल्‍यमा करिब एक करोड ६० लाख हुन आउँछ।

इलाका प्रहरी कार्यालय, टिमुरेका प्रहरी निरीक्षक कमल नेपालका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी–५ का ३४ वर्षीय नवाङ नुर्पु तामाङ, २४ वर्षीय ग्याल्जेन शर्पा, २३ वर्षीय शुक्पा लामा, ३२ वर्षीय सुवास तामाङ, १९ साँङ शेर्पा र सवारी चालक दोलखाको तामाकोशी–५ का २३ वर्षीय कुलनारायण श्रेष्ठ छन् ।

‘दुई वटा ढिक्का शरीरमा र तीन वटा गाडीको चालकले टेक्ने म्याटमुनि लुकाएको अवस्थामा बरामद भएको छ’, नेपालले अनलाइनखबरसँग भने, ‘बरामद सुन र पक्राउ परेका व्यक्तिलाई आन्तरिक राजश्व कार्यालय, ललितपुर पठाउने तयारी भइरहेको छ ।’

प्रतिक्रिया