साढे २५ लाखसहित हुण्डी कारोबारी प’क्राउ

admin

जनकपुरधाम : धनुषाबाट साढे २५ लाख रकमसहित दुई हुण्डी कारोबारीलाई प्र’हरीले प’क्राउ गरेको छ। मंगलबार विशेष सूचनाको आधारमा जिल्ला प्र’हरी कार्यालय धनुषाबाट खटिएको प्र’हरी टोलीले जटही नाकाबाट अवैध रकमसहित उनीहरुलाई प’क्राउ गरेको हो।

धनुषाका प्र’हरी उपरीक्षक प्रकाश रानाभाटले प’क्राउ पर्नेमा महोत्तरी निवासी सञ्जय साह र भारत विहारका सुमित यादव रहेको जानकारी दिए। जनकपुरबाट भारतीय नम्बर प्लेटको मोटरसाइकल चढी स्रोत नखुलेको रकमसहित भारत जाँदै गर्दा उनीहरुलाई प’क्राउ गरिएको उपरीक्षक भाटले बताए।

प’क्राउ परेको रकमसहित दुबैजनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया