साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, २५ असोज : साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य आइतबार तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार तोलामा ९ सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको ९४ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै महासंघका अनुसार तेजावी सुन पनि ८ सय रुपैयाँले बढेर ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य आइतबार तोलामा ४० रुपैयाँ बढेको छ । चाँदी आइतबार तोलाको १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया