साताको पहिलो दिन ह्वात्तै बढ्यो सुनको मूल्य

मनिषा थापा

पिएनपिखबर : आज साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ।

आज सुनको भाउ ३ सयले बढ्न गई प्रतितोला ७१ हजार ६ सय रुपैयामा कारोबार भईरहेको छ। गत शुक्रबार भने सुन प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको भाउ भने यथावत रहेको छ। आज पनि चाँदी प्रतितोला ८ सय ५५ मै कारोबार भईरहेको छ।

प्रतिक्रिया