सामाजिक कार्य संथागत रुपमा अघि बढाउन अमृत खत्री एनआरएनएको कार्यकारी समितिमा उमेद्वार

पूजा बानियाँ

पिएनपीखबर, पुजा बानियाँ। अस्ट्रेलियामा अध्ययनरत विद्यार्थी र अध्ययन कै शिलशिलामा आउने विद्यार्थीको लागि ‘अमृत खत्री’ कुनै नौलो नाम होइन। ठेस लाग्दा ‘आमा’ शब्द निस्किए झैँ अस्ट्रलियामा दुख पर्दा अमृत खत्रीलाई नसम्झिने बिरलै भेटिन्छन्।

नेपालबाट अस्ट्रेलिया पहिलो पटक आउने जो कोहि होस् सबै नौलो ठाउँ के होला कस्तो होला भनेर अत्तालिनु स्वाभाविक हो। झन् आफ्नो कोहि चिनजानको र आफन्तजान छैन भने त नेपालबाट उड्नु अघि नै कहाँ बस्ने के खाने भने र विद्यार्थीको दिमाग उड्न थाल्छ। तर अहीले सामाजिक संजालले यत्ति सजिलो बनाइदिएको छ कि नेपालमा नै बसेर आफ्नो लागि कोठा सम्म र अस्ट्रलिया आएपछि पारिवारिक वातावरण प्रदान गरिदिने साथीभाई भेट्न सकिन्छ।

नेपलिज कम्युनिटी इन क्विन्सल्याण्ड नामको फेसबुक ग्रुप एउटा उदाहरणीय ग्रुप हो जसले विद्यार्थीलाई बस्ने बास देखि खाने गाँसको खोजि गर्न सहयोग गरिरहेको छ। समस्यामा परेका विद्यार्थीसंग सम्पर्क गर्न सजिलो होस् भनेर अमृत खत्रीले यसरी फेसबुक ग्रुप नै चलाएका हुन्। ३ वर्ष अघि खोलिएको यस ग्रुपमा ५ हजारभन्दा बढी सदस्य जोडिएका छन्।

यस ग्रुपमा उनले विशेषगरि क्विन्सल्याण्डमा उपलब्ध काम, कोठा र महत्वपूर्ण सूचनाहरु पोष्ट गर्दै आएका छन्। पेशाले आइटी इन्जिनियर उनी सुन्दर सपना बुनेर २००९ मा अस्ट्रेलिया आएका थिए। उनी अस्ट्रेलिया आउँदा उनलाई सल्लाह दिने सम्म कोहि नभएकोले भावी विद्यार्थीलाई सहज होस् भनेर उनले उक्त फेसबुक ग्रुप खोलेको बताउछन्।

समस्यामा परेका विद्यार्थीलाई आफुबाट थप सहयोग होस् भनेर सन् २०१९/२१ को कार्यकालका लागि उनले क्विन्सल्याण्ड राज्यको उपसंयोजक पदका लागि उमेद्वारी दिएका छन्।

आफ्नो उमेद्वारीको घोषणा गर्दै खत्रीले फेसबुकमा लेखेका छन् :

नमस्कार क्विन्सल्याण्ड बासी दाजु भाई तथा दिदी बहिनीहरुमा। मेरो अस्ट्रेलियाको बसाईमा बिभिन्न सामाजिक संस्थाहरु मार्फत र मेरो पर्सनल तहबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मैले सकेको समाज प्रती सहयोग गरि आएको नै छु ।

२०१०-२०११, २०१३-२०१४, २०१५-२०१६ मा एग्जुकेटिभ मेम्बरमा रही र अरु समय याक्टिभ मेम्बरको रुपमा नेपलिज एसोसियसन् अफ क्विन्सल्याण्डमा जोडीएर समाजिक कार्यमा सक्रीय रहि आएको र इसिसिक्यु (इथ्निक कम्युनिटी काउन्सिल अफ क्विन्सल्याण्ड) को जेनेरल मेम्बर रही यस मार्फत सन्चालन हुने ट्रेनिंग मध्य कम्युनिटी लिडरशिप कोर्स र पब्लिक स्पिकिङ्ग कोर्समा पनि सामेल भएको छु ।

बिगतका केही समय, म मेरो व्यक्तिगत तहबाट आफ्नो क्षमता र ज्ञानले सकेको सुझाब सल्लाह र कामको खोजिका रहेकालाई आफुले सकेको सहयोग गर्दै आईरहेको छु । यस कार्यमा मेरा नजिकको साथीभाईहरुको पनि ठुलो देन छ र भविष्यमा पनि उही सहयोग र माया पाउछु भन्ने पुर्न बिस्वस्त छु ।

व्यक्तिगत तहबाट सामाजिक कार्य गर्दा मासमा खासै इफेक्टिभ नभएको साथीहरुको गुनासो र म आफुले पनि महसुस गरेकोले यस पटक एनआरएनए स्टेट लेभलको एग्जुकेटिभ कमिटि २०१९-२०२१ मा बसी काम गर्ने मनसाय सहित मेरो स्टेट डेपुटी कोअर्डीनेटरको लागी उमेद्वारी दिने निर्णय गरेको छु । यो बाटोमा हिड्नको लागी हजुरहरुको सहयोग र साथ पाउने छु भनी अपेक्षा राखेको छु । हामीले यो कुरा बुझ्नु पर्छ की, एनआरएनए हाम्रो लागी एउटा प्ल्याटफर्म मात्र हो, के गर्ने भन्ने त हामीमा निर्भर गर्दछ ।

मेरो बिचारमा स्टेट लेभलमा सामाजिक कार्य गर्नको लागी धेरै एजेण्डाहरु लिएर आउनु पर्छ होला जस्तो लाग्दैन् किनकी सामाजिक कार्यका लागी हामी सबैको समान हात चाहिन्छ र हिजका दिनमा त्यो हाम्रो समाजमा भएको पनि छ र भोलीका दिनमा पनि हुने छ भन्ने मेरो बिस्वास छ । समाज र संस्था चल्नको लागी हामी सबैको सहकार्यको आवस्यकता पर्दछ ।

त्यसैले म एग्जुकेटिभ कमिटिमा जाउ या नजाउ मेरो सामाजिक कार्य प्रती सधै उही झुकाब हुने छ र यसका साथै साथी भाईहरुले गर्ने हरेक सकारात्मक काममा सहयोग रहने छ । धन्यबाद।

अमृत खत्री
क्यान्डीडेट फर स्टेट डेपुटी कोअर्डीनेटर २०१९-२०२१
ब्रिस्बेन, क्विन्सल्याण्ड

प्रतिक्रिया

सम्बन्धित समाचारहरू