सामाजिक विषयको परीक्षा रद्द

शर्मिला गुरुङ

भक्तपुर, १५ चैत : राष्ट्रिय परीक्षा बोर्डले प्रदेश नं २ अन्तर्गत आज सञ्चालन हुने एसइई परीक्षाको अनिवार्य सामाजिक विषयको नियमिततर्फको परीक्षा रद्द गरेको छ ।

बोर्डले आज बिहान ८ बजेदेखि हुने अनिवार्य सामाजिक विषयको नियमित तर्फको परीक्षाको प्रश्नपत्र बिहीबार नै बाहिरिएपछि आजको परीक्षा रद्द गर्ने निर्णय गरेको हो । परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएपछि प्रदेश नं २ मा सञ्चालित समाजिक विषयको परीक्षा स्थागित गरिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभयो ।

एक्जाम्टेडतर्फको सामाजिक, प्राविधिक विषय र ग्रेड वृद्धिको विषयको परीक्षा भने यथावत् सञ्चालन हुने उहाँले बताउनुभयो । बिहीबार पनि विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षापूर्व नै बाहिरिएपछि प्रदेश भरिकै परीक्षा रद्द गरिएको थियो । परीक्षा शुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न गठन भएको छानबिन समितिले काम नथाल्दै पुनःसामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो । रासस

प्रतिक्रिया