सामाजिक सञ्जालमा धम्की दिने ने.वि.संघका एक सदस्य पक्राउ

खगेन्द्र हमाल

स्याङ्जा, २१ चैत : सामाजिक सञ्जालमा नानाथरी गाली गलौज तथा धम्की दिएको आरोपमा स्याङ्जा जिल्ला हरिनास गाउँपालिका वडा नं. ७ देउराली डाँडामा घर भएका ने.वि संघका सदस्य बिराज मानन्धर पक्राउ परेका छन्।

हरिनास- ७ स्याङ्जा निवासी बाबुराम विश्वकर्मालाई पटकपटक गाली गलौज तथा कुट्ने धम्की दिएपछि उजुरीको आधारमा सोही स्थान निवासी बिराज मानन्धरलाई पक्राउ गरिएको हो।

अन्य व्यक्तिहरुलाई पनि पटकपटक गाली गलौज गरेपछी सम्झाउँदा पनि बानी नसुध्रीएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यलय चिसापानि हरिनासले जनाएको छ।

प्रतिक्रिया