सामाजिक सञ्जालमार्फत ठगी गर्ने दुईजना प’क्राउ

admin

काठमाडौं, माघ ४ : महानगरिय प्र’हरी परिसर ललितपुरले सामाजिक सञ्जालमार्फत ठगी गर्ने दुई जनालाई प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा पर्सा जिल्ला पकाहा मैनपुर–४ का अजय भन्ने प्रमोद साह तेलि र बहुदरमाइ नगरपालिका–८ घर भै काठमाडौं गौशाला बस्ने मेवालाल साह तेलि रहेका छन ।

उनीहरुले सामाजिक सञ्जाल फेसबुक व्हाट्सएप मार्फत बजार भाउँ भन्दा सस्तोमा विभिन्न ब्राण्डका मोबाइल उपलब्ध गराउने झुठो बिज्ञापन गरेर ठगी गर्दै आएका थिए । उनीहरुले सस्तोमा मोवाइद दिने भन्दै विभिन्न व्यक्तिबाट एक करोड भन्दा बढी ठगी गरेको प्र’हरीले जनाएको छ ।

पीडितको जाहेरीको आधारमा दुबै जनालाई ललितपुर प्र’हरीले पर्साबाट प’क्राउ गरि ललितपुर ल्याएको हो । यो गिरोहको विदेशसम्म कनेक्सन रहेको महानगरिय प्र’हरी परिसर ललितपुरले जनाएको छ ।

अहिलेसम्म यो गिरोहबाट ठगिने ८ जनाको उजुरी आएको परिसरले जनाएको छ । प’क्राउ परेका दुबै जनालाइ ठगी मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको ललितपुर प्र’रीले जनाएको छ ।

प्रतिक्रिया