सामान्य घट्यो आज नेप्से

admin

काठमाडौं, २५ चैत : बुधबार शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । बैंक, होटल, फाइनान्स, माइक्रो फाइनान्स र म्युचल फण्डबाहेक अरू समूहको शेयर घटेपछि नेप्से दुई दशमलव ८५ अङ्कले घटेर २६ सय ७१ दशमलव ६१ विन्दुमा झरेको छ ।

व्यापार समूहको शेयर एक सय ६३ अङ्कले, जलविद्युतको ३३, जीवन बीमा समूहको एक सय ६ अङ्कले, निर्जीवन बीमा समूहको दुई सय एक, उत्पादनको ८० र अन्य समूहको शेयर १९ अङ्कले घटेको छ ।

बुधबार दुई सय १५ कम्पनीका एक करोड ६३ लाख कित्ता शेयर सात अर्ब १४ करोड ९० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै निफ्राको २७ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

रैराङ हाइड्रो कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि चन्द्रागिरि हिल्ससहित चार कम्पनीको शेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया