सामान्य घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ३० चैत : सोमबार सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । सुनको मूल्य सोमबार तोलामा ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ । यसअघि गएको शुक्रबार सुनको मूल्य तोलामा ८९ हजार ९ सय रुपैयाँ थियो ।

आइतबार काठमाडौंमा सार्वजनिक बिदा र (अस्ति) शनिबार भएकाले दुई दिन सुनको मूल्य तोकिएको थिएन । यस्तै तेजाबी सुन तोलामा ८९ हजार १५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी सोमबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी सोमबार तोलामा १२ सय ७५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया