सामान्य ज्वरो सम्झिंदा यस्तो नाजुक अवस्थामा पुगिन ३ बर्षिय बालिका

रिता घिसिंग

एजेन्सी : अष्ट्रेलियाकी एक महिलाकी तीन वर्षीया छोरीलाई ज्वरो आएपछि उनलाई अस्पताल लगियो। चेकअपपछि डाक्टरले बालिकाको पेटमा समस्या भएको बताए र औषधि दिएर घर पठाए। तर बालिकाको स्वास्थ्य अवस्था झन् बिग्रियो। उनी बेहोस थिइन र उनको अंगले काम गर्न छोडे। अस्पतालमा फेरि चेकअप गराउदा उनको दिमाग भित्रका अंग सुन्निएको थियो, जुन ज्वरोका कारणले हुन्छ।

यो घटना सिड्नीकी मारिया स्ट्रो नामकी महिलाको तीन वर्षकी छोरी किवर्नीको हो। जो अहिले अस्पतालमा जीवनसँग संघर्ष गरिरहेकी छन्। मारियाका अनुसार केही महिला पहिला किवर्नीलाई ज्वरो आएको थियो। सामान्य ज्वरो सम्झेर उनीहरुले सामान्य औषधि सेवन गराए। तर त्यो औषधिको कुनै असर देखिएन। ज्वरो झन बढ्दै गयो। उनको शरीरको तापक्रम ४१.३ डिग्री सेल्सियस भयो। उनले लगातार उल्टी गर्न थालिन्।

त्यसपछि मारियाले छोरीलाई अस्पताल लिएर गइन्, डाक्टरले पेटमा समस्या भएको बताउदै डिहाइड्रेशनको औषधि दिएर घर पठाए। अस्पतालबाट घर आएपछि उनको स्वास्थ्य झन बिग्रियो। उनी राति उठेर रुन थालिन्। विहानसम्ममा उनका अंगले काम गर्न छोडेका थिए। र उनी बेहोस भइन्। त्यसपछि १२ घण्टाभित्रै उनलाई फेरि अस्पताल लगियो।

अस्पताल गरेपनि पहिला उनको सिटीस्क्यान गरियो। त्यसपछि एमआरई पनि गरियो। त्यसपछि फ्लूका कारण बालिकाको दिमाग सुन्निएको छ। यो दुर्लभ अवस्थालाई मेडिकल भाषामा एकयूट नेक्रोटिसिङ एंसेफेलोप्याथी भनिन्छ। जुन इन्फ्लुएन्जाका कारण हुन्छ।

यो भाइरसका कारण बालिकाको अवस्था नाजुक भएको छ। अहिले बालिकाकी आमा मारिया अन्यलाई यो रोगका विषयमा जानकारी दिएर सर्तक गराइरहेकी छन्।

प्रतिक्रिया