सामूहिक राजीनामा दिएका १० रेफ्री मैदान फर्कन तयार

admin

काठमाडौँ, मंसिर १७ : अखिल नेपाल फुटबल सङ्घ एन्फा र लिग फुटबलमा आबद्ध रेफ्रीबीच सहमति भएको छ ।

फिटनेस जाँचको विषयलाई लिएर लिग खेलाइरहेका १० जना रेफ्रीले हिजो सामूहिक राजीनामा दिएका थिए ।

लिग चलिरहेको बेलामा रेफ्रीको फिटनेस जाँच गर्ने एन्फाको निर्णय व्यावहारिक नभएको भन्दै उनीहरुले राजीनामा दिएका थिए । त

र रेफ्रीका प्रतिनिधि र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबीच गएराति भएको छलफलमा रेफ्रीको फिटनेस जाँच लिगको विश्राम समयमा गर्ने सहमति भएसँगै रेफ्रीहरु मैदान फर्कन तयार भएका हुन् । अन्तर्राष्ट्रिय नियम अनुसार रेफ्रीले तीन/तीन महिनामा आफ्नो फिटनेस जाँच गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया