सारा अलि खानले नेपाली बोल्दै यसरी गरिन् नेपालको तारिफ (भिडियो)

मनिषा थापा

बलिउड नायक सैफअलि खान पुत्री सारा अलि खानले व्यापक रुपमा चर्चा बटुलिरहेकी छिन्। उनको डेब्यु फिल्म केदारनाथले बक्सअफिसमा असफल भए पनि साराले निकै चर्चा कमाईन् ।

साराको दोस्रो फिल्म सिम्बा अब रिलिजको तयारीमा रहेको छ । सबैको माया पाएर दंग साराले नेपाली दर्शक र फ्यानहरुलाई सम्बोधन गर्दे एक भिडियो सार्वजनिक गरेकी छिन् । उनले आफनो डेब्यु फिल्मलाई नेपाली दर्शकहरुले मन पराई दिएकोमा धन्यवाद दिएकी छिन् ।

केही शब्द नेपालीमा बोल्दै उनले भनेकी छिन् “कस्तो हुनुहुन्छ नेपाल ? मैले मेरो डेब्यु फिल्मबारे नेपालबाट प्रोत्साहन दिने र मायालु म्यासेजहरु पाईरहेको छु । यसले मलाई निकै कृतज्ञ बनाई दिएको छ । देवीदेवताको देश नेपालका सुन्दर महिला र बहादुर पुरुषहरुलाई यो मायाका लागि धेरै धेरै धन्यवाद” । सारा सैफअलि खानको पहिलो पत्नी अमृता सिंह पट्टीकी छोरी हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू