सार्वजनिक जग्गा हाउजिङका नाममा पास गर्ने १८ जनाविरुद्ध मुद्दा दर्ता

admin

काठमाडाैं : ललितपुरको कर्मनासा (कोड्कु) खोला आसपासको सरकारी र सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोले मुद्दा दायर गरेको छ।

आयोगले ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

जैसीसहित नापी अधिकृत बालेश्वर यादव, सर्भेक्षक केशव थापा मगर, मालपोत कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, नासु दिनेश न्यौपाने र खरिदार आत्माराम लुईटेलविरुद्ध मुद्धा दायर भएको हो।

यस्तै यूरो हाउजिङ्ग डेभलपर्स प्रालि, यूरो ल्याण्ड डेभलपर्स प्रालिका संचालकहरू गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्ण राज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धर तथा काठमाडौं अस्पताल प्रालिका सञ्चालकहरू डा।

ईश्वरलाल आचार्य, डा। दुर्गामान जोसी र दुर्गेस नन्दिनी भट्टचनविरुद्ध पनि मुद्दा दायर गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए। उनीहरुविरुद्ध २ करोड २ लाख ३३ हजार ६ सय ७१ रुपैयाँ बिगो माग दाबी गरिएको छ।

उक्त जग्गा युरो हाउजिङ डेभलपर्स कम्पनीले मालपोत तथा नापी कार्यालयका केही कर्मचारीहरूको मिलेमतोमा २०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाएर सार्वजनिक जग्गासमेत प्लटिङ गरी व्यक्ति विशेषलाई बिक्री गरेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान बढाएको जनाएको छ।

प्रतिक्रिया