सार्वजनिक रुपमै खुल्न थाले इन्दिरा र शरद

admin

काठमाडौं, ११ असोज : गायिका इन्दिरा जोशी र उनका फियोन्से शरद केडिया सार्वजनिक रुपमै खुल्न थालेका छन् । यसैसाता खुम्बु आइसफल क्षेत्रमा शरदले गरेको बिहे प्रस्तावलार्ई इन्दिराले स्वीकारेपछिको भिडियोसँगै केही तस्बिरहरु भाइरल बनेको थियो ।

केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीलाई इन्गेजमेन्ट औंठी साटासाट गरेपछि सार्वजनिक थलोमै देख्न थालिएको छ । मिडिया छल्दै हिँड्ने उनीहरु सगरमाथाबाट फर्किएपछि भने सम्बन्धलाई खुलाउन चाहेका छन् ।

(हिजो) शनिबार उनीहरु दरबारमार्गको किंग्स लाउन्ज क्लबमा भेटिए । सेही क्लबमा इन्दिरा, शरदसहित संगीतकार न्यूह बज्राचार्य र भिजे सुशिल नेपाल पनि थिए । न्यूह र सुशिल इन्दिराका निकै मिल्ने साथी पनि हुन् ।

प्रतिक्रिया