सालकको खपेटासहित तीन पक्राउ

राष्ट्रिय समाचार समिति

हेटौँडा, २३ जेठ : मकवानपुरमा संरक्षित वन्यजन्तु सालकको खपेटासहित तीनजना प’क्राउ परेका छन् । प्र’हरीका अनुसार इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्र’हरी नायब निरीक्षक जोखन बैठाको टोलीले बिहीबार सालकको खपेटासहित मनहरि गाउँपालिका–७ रमनटारका ३९ वर्षीय अमिक घलान, हेटौँडा उपमहानगरपालिका–१२ का ३२ वर्षीय लालसिं बोम्जन र चितवनको राप्ती नगरपालिका–७ खुरखुरेका ४५ वर्षीय बुधवा चौधरीलाई प’क्राउ गरेको हो ।

मनहरि गाउँपालिका–७ स्थित सङ्गछेफेल गुम्बाको पछाडि लामालाई बास बस्न बनाउँदै गरेको भवनमा सालकको खापेटाको कारोवार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्र’हरी नायब निरीक्षक बैठाको नेतृत्वमा खटिएको प्र’हरी टोलीले उनीहरुलाई खानतलासी गर्दा चौधरीले बोकेको झोलाबाट ६५० ग्राम खपेटा फेला परेको प्र’हरीले जनाएको छ ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय राप्ती, मनहरिमा पठाइएको जिल्ला प्र’हरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया