सालको काठसहित तीन जना प’क्राउ

राष्ट्रिय समाचार समिति

स्याङ्जा, १४ असार : चापाकोट नगरपालिका –२ का ३७ वर्षीय शिवप्रसाद रेग्मी र टीकाराम श्रेष्ठ तथा वडा नं ८ का टोपलाल न्यौपानेलाई प्र’हरीले अवैध सालको काठसहित प’क्राउ गरेको छ ।

चापाकोट– ८ क्वामीमा रहेको न्यौपानेको फर्निचर उद्योगमा अवैध रुपमा सालको काठ राखेको भन्ने सूचनाका आधारमा गएको प्र’हरी टोलीले चिरानका लागि ल्याएको ४४ थान सालको गोलियासहित फर्निचर संञ्चालक टोपलाल न्यौपाने र काठ ल्याउने चापाकोट –२ का रेग्मीलाई शुक्रबार प’क्राउ गरी आज वन डिभिजन कार्यालय स्याङ्जामा बुझाएको जिल्ला प्र’हरी कार्यालयका प्र’हरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यसै गरी चापाकोट– २ का मोहन भनिने ४० वर्षीय श्रेष्ठलाई आफ्नै घरमा विनाइजाजत सालका गोलिया ल्याएर राखेको भन्ने सूचनाका आधारमा शनिबार गएको प्र’हरीको टोलीले अवैध सालका काठ बरामद गरी सब वन डिभिजन कार्यालय चापाकोटमा आज आवश्यक कारबाहीका लागि बुझाएको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया