“सालको पात” पछि कुलेंद्र विश्वकर्माको फरक गीत “जिन्दगी” सार्बजनिक

admin

काठमाडौँ, ११ कार्तिक : सालको पातले बजार पिटिरहेको अवस्थामा कुलेंद्र विश्वकर्माकै स्वरमा अर्को मार्मिक लोक दोहोरि गीत “जिन्दगी” सार्बजनिक भएको छ । फिल्मी शैलीमा निर्माण गरिएको गीत स्वाभिमान क्रियाशनले बजारमा ल्याएको हो l

विष्णु भट्टराईले निर्देशन छायांकन र सम्पादन गरेको भिडियो गुल्मी र बुटवलको विभिन्न स्थानमा छायांकन गरिएको छ l सगुन शर्माले सृंगार गरेको भिडियोमा आशा खड्का, राजु महोतर, मीरा महोतर, बिष्णु भट्टराई र बाल कलाकारमा आशिष र शिवको समेत अभिनय देख्न सकिन्छ l

लय सब्द शिव हमालको रहेको गीतमा कुलेंद्र बिस्वकर्मा र पूर्णकला बिसिको आवाज रहेको छ, भिडियो हेर्दा जिरिङ्ग हुनेखालको फिल्मी शैलीमा निर्माण गरिएको छ, केहि समय पहिले सार्बजनिक गरिएको गीतमा केहि प्राबिधिक समस्या आएपछि पूर्ण सार्बजनिक गरिएको हो l अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियो हेर्नुहोस :

प्रतिक्रिया