साली भेना काण्ड, सासुले रहस्यको पर्दाफास गर्दा उल्टै बुहारीको पोल खोलियो [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। बलात्कारको घटनाहरु दैनिक जसो समाचारमा सुन्नमा आउछ। यिनै घटना सामाजिक संजालमा अचेल कहिले माइजु भान्जा काण्ड त कहिले साली भेना काण्डको रुपमा सार्वजनिक भईरहेको छ। भोजपुरकी १५ वर्षीय किशोरी पनि आफ्नै भिनाजुद्वारा बलात्कृत भएको खुलासा गरेकी छिन्। यहिँ काण्डलाई साली भेना काण्डको नाम दिइएको छ।

पीडितले गुपचुप बस्ने निर्णय गरिनन्। भेनाले एक्लै भएको समयमा मौका छोपेर आफुलाई गरेको अनैतिक कार्यको उनले पर्दाफास गरिन्। उनले आफ्नो इज्जतमा लागेको दाग मेटाउन नसके पनि न्याय पाउनको लागि भोलिपल्ट नै प्रहरीकोमा उजुरी गरिन्।

बलात्कार गर्ने आफ्नै श्रीमानबारे किशोरीको दीदीले पनि यस घटना स्वीकारेकि छिन्। आफ्नै बहिनीमा खोट होला भनेर उनले बहिनीलाई गाली गर्न समेत भ्याइन्। तर कुरा बुझ्दै जाँदा आफ्नो श्रीमानको नै यस्तो दानव रुप देखेर उनी छक्क परिन्। उनले अरुबेला पनि अन्जान युवतीहरु घरमा ल्याएर यस्तो अनैतिक ब्यबहार गर्ने गरेको बताइन्।

यस घटनाबारे साली भनिएकी किशोरीकि दिदीको सासुआमा आर्थात भेना भनिएका पुरुषको आमाले पनि आफ्नो यक्तिगत विचारराखेकी छिन्। उनको भनाई अनुसार उनको छोराले प्रेम विवाह गरेका थिए। पहिलो श्रीमती हुँदाहुदै उनको छोराले अर्को श्रीमती विवाह गरे। त्यसपछि दुई श्रीमतीको कहिले मिलेमतोमा घरव्यवहार चलेन। उनीहरुको घरमा सदा झैँ कलह मच्चिन्थ्यो।

मिलेर बस्न नसके पछि पहिलो बुहारीले सम्बन्द विच्छेदको मुद्दा हालेको तर पछि फेरी आफैले फिर्ता लिएको सासुले बताइन्। एक महिना अघि देखि बुहारीले छोरालाई फसाउछु भनीरहेको र अहिले सोहि अनुरुप घटना योजनाबस घटाएको सासुको भनाई छ। जग्गा जमिनको कुरा नमिल्दा यो सब नाटक बुहारीले रचेको भन्दै सासुले भनिन् ,’मेरो छोरा निर्दोष छ। ‘

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू