‘निर्मलाको हत्यारा आन्दोलनकारी भित्रै लुकेको हुनसक्छ’; सावित्री सुवेदी

मनिषा थापा

पिएनपिखबर : कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विरोध स्वरुप काठमाण्डौको माईतीघरमा पेटीकोट लगाएर विरोध प्रदर्शन गर्ने महिलाहरुको नेतृत्व गरेर सावित्री सुबेदी चर्चामा आएकी हुन्। पछिल्ला समयमा उनी बलात्कारीलाई फाँसी दिनुपर्छ भन्ने अभियानमा लागेकी छिन्।

उनी देशको विभिन्न क्षेत्रमा गई अन्यायमा परेका महिलाअरुको आवाज बनेर अभियान चलाईरहेकी छिन्। उनलाई यस कार्यमा विभिन्न समस्याको सामना गर्नु परेको बताइन। उनी भन्छिन, ‘न म कुनै राजनीतक पार्टीमा छु न म कुनै संस्थामा आबद्ध छु। यस अभियानमा लाग्दा कहिले त खानको लागि पैसा समेत हुदैन तर पनि मभित्र ठुलो आत्मविश्वास छ जुन सुकै कार्य पनि गर्न सक्छु भने आफुमा विश्वास छ।’

निर्मला पन्तको घटनाको अनुसन्धानको माग गर्दै चर्केको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्युसमेत भएको थियो । तत्पश्चात् प्रहरीले पुन: प्रारम्भिक चरणबाट अनुसन्धान शुरु गरेको बताए पनि हालसम्म वास्तविक दोषी पत्ता लाग्न नसक्दा पीडित परिवार र स्थानीयमा अनेक शंकाहरु उब्जिएका छन् ।

साबित्री सुबेदी पनि आन्दोलनमा उत्रिएर हत्याको अनेक आशंका गर्छिन । उनले केहि समय अगाडी एस्पी बिष्टले कानुनविपरित गएर प्रामाण नष्ट गरेको दाबि गरेकी छिन। अहीले पनि उनले आन्दोलनकारी मै अपराधी लुकेको आशंका व्यक्त गरेकी छिन्। उनले निर्मला हत्याको केसमा राजनीतिकरण भएको बताईन।

उनले ललिता राउतको विषयमा बोल्दै भनिन्, ‘ललिता दिदिमाथि हिँसा भएको हो। उहाँलाई मैले रोडमा बसिरहेको अबस्थामा मैले घरभित्र छिराए। मैले कानुनी प्रक्रियाबाट जाउँ भने तर म जति खेर बोलाए त्यो समय जान सकिन। अबको लडाई मात्र उनको हो । उनलाई लिएर हिड्न मेरो नैतिकताले दिदैंन।’

‘महिलाले आफु पुरुषविना अधुरो हुन्छौ भने सोच्नु राख्नु हुदैन। छोरी भएर अन्यायको प्रतिकार गर्नु सक्नुपर्छ। जबसम्म महिला आफु अगाडी बढ्दैनन् तबसम्म हिँसा न्यूनीकरण हुदैन।’ , उनले भनिन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया