सासंद दीपक मनाङेकी श्रीमती चोरी मुद्दामा प’क्राउ

admin

काठमाडौं, मंसिर १० : चोरीको मुद्दामा एक महिला मकवानपुरबाट प’क्राउ परेकी छन्। उनी गण्डकी प्रदेश सभा सासंद दीपक मनाङे भनेर चिनिने राजीव गुरूङकी श्रीमती ३५ वर्षीया दिछेन डोल्मा लामा हुन्।

उनलाई मकवानपुर प्र’हरीले मंगलबार हेटौंडा उपमहानगरपालिका-१० बाट पक्राउ गरेको जिल्ला प्र’हरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।

‘जिल्ला अदालत कास्कीले उनलाई चोरीको मुद्दामा पक्राउ गर्न अनुमति दिएको थियो। कास्की प्र’हरीबाट हामीलाई पत्र आएपछि उनलाई प’क्राउ गरेका हौं,’उनले भने। उनलाई प’क्राउ गरी जिल्ला प्र’हरी कास्कीमा बुझाइसकेको प्र’हरी नायब उपरीक्षक रानाले बताए।

‘मूर्ति, चाँदीका अम्खोराहरू चो’री गरेर भागेको भन्ने उजुरी परेको थियो,’कास्कीका प्र’हरी नायब उपरीक्षक सुवास हमालले भने,’प्रहरीले मकवानपुरबाट समातेर ल्याएको छ।’

उनीमाथि चोरी तथा डाका मुद्दामा म्याद थप गर्न लगिएको उनले बताए। उनको सबै विवरण प्राप्त नभइसकेको डिएसपी हमालले बताए। ‘म्याद थप गर्न अदालत लगिएको छ। अहिले पूर्ण विवरण आएको छैन,’उनले भने।

प्रतिक्रिया