साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को ‘छमछ्मी नाच्ने कम्मर भाँच्ने’ सार्वजनिक

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ३० साउन  : हिन्दू नारीहरुको महान चाड हरितालिका तिज आउन केहि हप्ता मात्र बाँकी छ। नेपाली सांगीतिक बजारमा एक पछि अर्को गर्दै तिज गीत सार्वजनिक हुने क्रम जारी नै छ। यसै क्रममा हिजो बुधबार मात्रै कवि, गीतकार, एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा ‘छमछ्मी नाच्ने कमर भाँच्ने’ तिज गीत सार्वजनिक भएको छ ।

सार्वजनिक उक्त गीतमा राम कार्की, सुरेश थापा, शान्ता कार्की र अनिता दंगालको आवज रहेको छ भने राम कार्की स्वयमको संगीत रहेको छ। निर्देशक सुरेश थापाको निर्देशन, र नवराज खड्काको सिनेमाग्राफी रहेको गीतको भिडियोमा हाँस्य कलाकार सुरेश थापा ‘दर्शने’, शान्ता कार्की, अनिता दंगाल, किरण नेपाल, भुवन के पोखरेल र अस्मिता कार्की आदिको बेजोड प्रस्तुत रहेको छ ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया